बाल गायक रिभव सेवाचार्यको बेसन घसेर बोलको गितको म्युजिक भिडियो सार्वजनिक

  •   ३ हप्ता अघि | १६ बैशाख २०८१, आइतवार,     मणिराम दाहाल

काभ्रे । बाल गायक रिभव सेवाचार्यको स्वरमा रहेको बेसन घसेर बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । निरोज पाण्डेको शब्द र कम्पोज रहेको बेसन घसेर बोलको गितलाई भावना थापाले निर्देशन गरेकी हुन् ।


बेसन घसेर बोलको गितमा गाउँबाट शहर झरेपछि आउने परिवर्तन लाई व्यङात्मक रुपमा प्रस्तुत गरिएको छ । Flutter music Nepal  युटुवबाट सार्वजनिक भएको भिडियोले एकदमै राम्रो प्रतिक्रृया पाइरहेको छ ।


भिडियो एकै परिवारका सदस्यबाट तयार भएको छ । जसमा भाई गायक, दिदिको अभिनय, आमा निर्देशक र बुबा म्युजिक एरेन्जर साथै भिडियो निर्माता रहनुभएको छ ।


गीतको कोरियोग्रफी सिसम श्रेष्ठले गर्नुभएको छ भने अभिनयमा जरिना सेवाचार्य र रिभव सेवाचार्य, श्रृंगारमा लक्ष्मी श्रेष्ठ, र अतिथी कलाकारहरुमा मनोज भालु, विमला थापा, चमेली श्रेष्ठ, सानु थापा र स्नेहा राजवहाक रहनुभएको छ । यस्तै, ग्रुप डान्सरमा स्मृती बुढाथोकी, रुक्सना राजवाहक, विशेष्ता हुमागाई, र स्नेह राजवाहक हुनुहुन्छ ।


उक्त गीतको म्युजिक एरेन्जर बालकृष्ण सेवाचार्य रहनुभएको गितमा लोक संगीत सङै मोर्डन संगीत पनि समेटि गितलाई नयाँपन दिन खोजिएको छ । गीत एकदमै मौलिक, सरल र सटिक छ भने गीतको कम्पोज अत्यन्त राम्रो रहेको छ ।https://youtu.be/7CnjgQ02-5s?si=GjVNd9VchhCsP4OB

थप