लैससास स्वमूल्याङ्कन नतिजामा बनेपा नगरपालिका बागमती प्रदेशमै उत्कृष्ट

  •   ५ महिना अघि | १८ पुस २०८०, बुधबार,    

काभ्रे । बनेपा नगरपालिका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा बागमती प्रदेशमै उत्कृष्ट बनेको छ । तीन बर्षदेखि निरन्तर रुपमा स्वमूल्याङ्कन गर्दै आएको बनेपा नगरपालिका अघिल्लो आर्थिक बर्षमा प्रथम हुन सफल भएको थियो ।

बनेपा नगरपालिकाले स्वमूल्याङ्कनका लागि वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू तथा शाखा प्रमुखहरुहरुलाई लैंगिक समानता तथा सामाजिक समावेशीकरण तालिम दिदै स्वमूल्याङ्कन गराउँदै आएको छ । बनेपा नगरपालिकाले यो बर्ष ८८.५० प्रतिशत अंक प्राप्त गरेको छ । अघिल्लो आर्थिक बर्षमा बनेपाले ७६ प्रतिशत अंक ल्याएको थियो ।

यो नम्बर कार्यक्रमको आधारमा दिइएको महिला शाखा प्रमुख विजया सुवेदीले जानकारी दिनुभयो ।

उहाँले यस नतिजा र नम्बरका बारेमा दुविधा भयो भने महिला शाखामा आएर बुझ्न पनि आग्रह गर्नुभएको थियोे ।


जनप्रतिनिधिलाई लैङ्कि समानता,सामाजिक समावेसीकरणका लागि नीति, कानून र योजनासँगै संस्थागत व्यवस्था, मानव संसाधन एंव क्षमता विकास, सेवा प्रवाहका बारेमा प्रश्न राखिएका हुन्छन् । त्यस्तै सुशासन तथा उत्तरदायित्व सम्बन्धी विषयमा २०–२० वटा प्रश्नहरु समावेश गरेर हरेक प्रश्नमको१–१ नम्बर पुर्णाङक राखेर स्वमुल्याकंनको आधारमा बनेपा नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट बन्दै प्रथम हुन सफल भएको हो । जनप्रतिनिधी तथा शाखा प्रमुखबाट मूल्याङ्कन गरिएका बिषयलाई प्रमाणित भएपछि मात्रै अंक उपलब्ध गराउने गरिएको छ ।


 सामाजिक समावेशीकरण परिक्षण  सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाँई, वडा अध्यक्ष, कार्यपालिका सदस्य, महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख विजया सुवेदी लगायत विषयगत शाखाका प्रमुख एवं कर्मचारीको उपस्थिती रहेको थियो ।


थप