नेपाल बिक्री प्रतिनिधि संघ काभ्रेले गर्यो चाडपर्व लक्षित चियापान कार्यक्रम

  •   ६ महिना अघि | २४ कार्तिक २०८०, शुक्रबार,     मणिराम दाहाल

काभ्रे । नेपाल बिक्री प्रतिनिधि संघ काभ्रे पुर्व इकाईले आज बनेपाको कार्यलयमा बजार प्रतिनिधि हरुको उपस्थितिमा प्रमुख अतिथि केन्द्रीय महासचिव कुमार तिमल्सिनाको उपस्थितिमा  चियापान कार्यक्रम गरेको छ।

नेपालमा मानिने दशै ,तिहार ,छठ लगायतका चाडपर्व हरुलाई निरन्तरता दिन धर्म संस्कृतिको जगेर्ना गर्ने , जातजाति माथि सहिष्णुता कायम राख्न भेटघाट तथा चियापान कार्यक्रम गरिएको बजार प्रतिनिधि संघका अध्यक्ष सहदेव तिमल्सिनाले जानकारी दिनुभयो ।

चियापान कार्यक्रममा विभिन्न कम्पनीमा कार्यरत प्रतिनिधि हरुको उपस्थिती थियो । 

चियापान कार्यक्रमले बजार प्रतिनिधि हरुको मनोबल बढाउने र शुभकामना आदानप्रदान गर्दा आत्मीयता र भाइचारा बढ्ने पनि अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

थप